मंगोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु | Khabarhub Khabarhub

मंगोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।

कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार भएका छैनन् ।

मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ ।

राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा छन् । यस दलको संसदमा बलियो बहुमत रहेको छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ ।

खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहेका छन् । चुनावी पर्यवेक्षकहरुका अनुसार उनको स्थिति निकै कमजोर छ । उनले मंगोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मंगोलियामा अधिनायकवाद आउने बताएका छन् ।

मंगोलियाको राष्ट्रपतिको पद खासगरी आलंकारिक प्रकृतिको रहेको छ । तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ ।

मंगोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार रहेको छ ।

मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । मतदान कार्य राति १० बजे समाप्त हुनेछ, तर मतपरिणाम कहिले घोषणा हुन्छ भन्ने बताइएको छैन । रासस–एपी

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ३ : ५० बजे

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर

किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ?

काठमाडौं – बलीवुड अभिनेत्री दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ को

गाजाको पीडामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता : प्यालेस्टाइनलाई मान्यता दिने तयारी

एजेन्सी–  संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा,

नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ