बेरोजगारीले कंगनालाई कर तिर्न सकस « Khabarhub

बेरोजगारीले कंगनालाई कर तिर्न सकस


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)–बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बेतुकका कुराले जहिल्यै विवाद र चर्चामा आउछिन् । आफ्नो कामलाई सही साबित गर्न होस् या कसैको समर्थन वा विरोध गर्न होस्, उनी कुनै पनि काम गर्न पछि हट्दिनन् ।

हालैमात्र उनले आफूलाई सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको दाबी गरिन् । यद्यपि उनले आफू केही महिना यता बेरोजगार रहेको र त्यहीकारण आधा वर्षको कर तिर्न नपाएको खुलासा गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राममा काम नहुँदाको पीडालाई पोखेकी छन् । ‘म सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटीमा चिनिन्छु । मेरो कमाइको ४५ प्रतिशत हिस्सा करका रुपमा सरकारलाई तिर्छु । तर अहिले काम नपाएपछि आधा वर्षको कर तिर्न पाएकी छैन । कर तिर्न ६ महिना ढिलाई भएको सम्भवतः मेरो जीवनमा पहिलोपटक हो । तर सरकार मेरो तिर्न बाँकी करमा व्याज लगाइरहेको छ । म यो कामको स्वागत गर्दछु ’, उनले लेखेकी छन् ।

सामाजिक सञ्जालमा धेरै छाएपछि गत हालैमात्र ट्वीटरले उनको एकाउन्ट सस्पेण्ड गरिदिएको थियो । ट्वीटर सस्पेण्ड भएपछि उनी इन्स्टाग्राम र स्वदेशी एप ‘कू’मा सक्रिय छिन् ।

कामको कुरा गर्दा कंगना ‘थलाइवी’, ‘धाकड’ र ‘तेजस’ मा देखिँदैछिन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ४ : ०९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी