कांग्रेसको महाविधेशन भदौमा नै हुन्छ : सभापति देउवा  « Khabarhub

कांग्रेसको महाविधेशन भदौमा नै हुन्छ : सभापति देउवा 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौमा कांग्रेस महाविधेशन हुने बताएका छन् ।

तोकिएको मितिमा महाविधेशन हुने वा नहुने अन्यौलमा रहेका बेला सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीकै‍बीचमा भएपनि आगामी भदौमा नै महाविधेशन हुने बताएका हुन् ।

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएको भन्दै सभापति देउवाले भनेका छन्,‘पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाले महाविधेश गर्न नचाहेको आरोप लगाएका बेला सभापति देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति गलत रहेको बताएका छन् ।

महाविधेशनका लागि अब धेरै समय नरहेको भन्दै सभापति देउवाले असार र साउनभित्र सबै तयारी पूरा गर्नुपर्ने बताएका छन् ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : ४६ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै