स्थानीय तहमा पठाएको अनुदानको योजनालाई सच्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता | Khabarhub Khabarhub

स्थानीय तहमा पठाएको अनुदानको योजनालाई सच्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजनालाई सच्याइने प्रतिवद्धता जनाएका छन् ।

बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सशर्त अनुदानको योजनामा कुनै त्रुटि भए सच्चाउने बताएका हुन् । यसअघि प्रदेशसभा सदस्यहरूसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै मंगलबार विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

मुख्यमन्त्री राउतले प्रदेशसभा सदस्यहरूले दिएको सुझाव र योजना सिफारिसलाई ध्यान दिइने जिकिर गरे । प्रदेशसभा सदस्यहरूले दिएको योजना अनुसार नै धेरै ठाउँमा गएको र केही ठाउँमा त्रुटी भएको उनले स्वीकार गरे । त्यस्तै उहन विनियोजन विधेयक वा अन्य विधेयक आएपछि गम्भीरतापूर्वक पढेर पारित गर्न आग्रह गरे ।

मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाएपछि बुधबार प्रदेशसभा बैठक सञ्चालन भएको थियो । बैठकमा प्रि–बजेटको छलफल भएको छ । प्रदेश सरकारले बिहीबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : ०१ बजे

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध

इन्डोनेसिया र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी– झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको