संसद विघटन मुद्दामा बहसका लागि १५ घण्टाको समय निर्धारण, ‘एमीकस क्युरी’ झिकाउन आदेश (आदेशसहित) « Khabarhub

संसद विघटन मुद्दामा बहसका लागि १५ घण्टाको समय निर्धारण, ‘एमीकस क्युरी’ झिकाउन आदेश (आदेशसहित)


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले बहसका लागि दुवै पक्षलाई अधिकतम १५–१५ घण्टाको समय निर्धारण गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले दुवै पक्षको बहस सकिने गरी १५–१५ घण्टाको समय निर्धारण गरेको हो । रिट निवेदक पक्षले शुरूमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बहसका लागि समय निर्धारण गरेको हो ।

साथै, अदालतको सहयोगीका रुपमा उपस्थित हुने कानुन व्यवसायीका लागि जनही आधा घण्टाका दरले चारजनालाई कूल दुई घण्टा मात्र बहसका लागि समय प्रदान गर्ने उल्लेख छ ।

इजलासले संसद विघटनविरुद्धको मुद्दामा ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) पनि माग गरेको छ । नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना गरी चार जना माग गरिएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रत्यर्थी कानुन व्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश दिएको छ ।

यसअघि गत पुसमा भएको संसद विघटनसम्बन्धी रिटमा पनि सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको थियो ।

हेर्नुहोस् आदेश

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : ३८ बजे

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ– आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता

इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला

एजेन्सी– इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब