साउनभित्रै बहुवर्षीय ठेक्का शुरु गर्न मन्त्री नेम्वाङको निर्देशन « Khabarhub

साउनभित्रै बहुवर्षीय ठेक्का शुरु गर्न मन्त्री नेम्वाङको निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् ।

आगामी आबमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै लाग्नुपर्नेमा उनको जोड छ । उनले मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै भने, “उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।”

मन्त्रालयको वार्षिक समीक्षा बैठकमा आज उनले सङ्घीय सडक सुपरीवेक्षण कार्यालयले आफू मातहतका डिभिजनहरुको कामको निरीक्षण आग्रह गर्दै भने, “सबै कार्यालयले स्थलगत रुपमा भेटिएका समस्या सके त्यहीँबाट नसके माथिल्लो निकायमा भनेर पनि समाधान गर्न पहल गर्नुपर्छ ।”

मन्त्री नेम्वाङले चालु आवमा सबै कार्यालयले वार्षिक लक्ष्यको कम्तीमा दुई तिहाई प्रगति हासिल गर्नुपर्नेमा जोड दिए ।

अहिले नै ६६ प्रतिशत प्रगति पुगेका कार्यालयले प्रगति ८० प्रतिशत पुग्ने गरी बाँकी समयमा पनि काम अघि बढाउनुपर्ने उनले बताए ।

मन्त्री नेम्वाङले सबै कार्यालयका प्रमुखहरुलाई असार मसान्तसम्म कार्यस्थल नछाड्न समेत निर्देशन दिए । उनले भने, “साउन मसान्त भित्र नै बहुवर्षीय ठेक्काका लागि तयारी गर्नुपर्छ ।”

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ मर्मतमा प्रगति कम नदेखिएकाले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ९ : ३० बजे

विश्वकप जितको खुसीमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको