बेलायतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, तेस्रो लहर आउन सक्ने चिन्ता « Khabarhub

बेलायतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, तेस्रो लहर आउन सक्ने चिन्ता


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ ।

जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिइएको छ ।

बृटिश प्रजातिका नयाँ सङक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताए ।

बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । बेलायतमा देखा परिरहेका सङक्रमितहरुको संख्या थोरै देखिए पनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा, अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिनु हो ।

करिब करिब कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस सङ्क्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना सङ्क्रमण संख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ ।

बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : ४५ बजे

प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक

खुकुरी टी-२० क्रिकेट : वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

देवदह– रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि

धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव

रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् विभिन्न ९ एजेन्डा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार