प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट सहभागी तीन मन्त्रीले लिए शपथ « Khabarhub

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट सहभागी तीन मन्त्रीले लिए शपथ

भागबण्डा नमिल्दा माओवादी केन्द्र सहभागी भएन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नम्बर २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अहिराजले नवनियुक्त मन्त्रीहरुलाई ईश्वरको नाममा सपथ खुवाउदा उनीहरुले जनताको नाममा शपथ लिएका थिए । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका तीन जना मन्त्री सरकारमा सहभागी भएका हुन् ।

कांग्रेसबाट यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यसैगरी शर्माले खानेपानी तथा सिँचाई र सिंहले महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यता माओवादी केन्द्र भने भागबण्डा नमिलेपछि सरकारमा सहभागी भएन । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएको हो ।

माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी नहुने जानकारी गराएका हुन्।

जसपाका उपेन्द्र यादव र राउत पक्षले सरकारबाट ठाकुर–महतो पक्षका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो ।

यस्तो छ पत्र

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०७ बजे

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल

काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख

कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी

नयाँदिल्ली- फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत

दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई केन्द्रमा

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी