भारतमा ३४ हजार कोरोना संक्रमित थपिए, ४७० जनाको मृ‌त्यु « Khabarhub

भारतमा ३४ हजार कोरोना संक्रमित थपिए, ४७० जनाको मृ‌त्यु


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दो दरमा देखिएको छ । विहीबार बढेको दर आज फेरि केही घटेको छ ।

विहीबार ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा ३४ हजार ४४३ जनामा कोरोना पुष्टि भएको छ ।

यसअघि बुधबार नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको थियो ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या ४ लाख ५ हजार ५२७ पुगेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा २ करोड ९८ लाख ७१ हजार बढीले कोरोना जितेका छन् । ती मध्ये ३५ हजार ३८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ४३ हजार नाघेको छ ।

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ५५ बजे

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल