‘ड्रिम गर्ल’को सिक्वेल तयारी « Khabarhub

‘ड्रिम गर्ल’को सिक्वेल तयारी


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– सन् २०१९ को हिट फिल्म ‘ड्रिम गर्ल’को सिक्वेल बन्ने भएको छ । आयुष्मान खुराना र नुसरत भारुचाको अभिनय रहेको यो फिल्मको निर्माता एकता कपुर र लेखक तथा निर्देशक राज सान्धिल्य हुन् ।

यो फिल्मले दर्शकलाई सन् ९० को दशकका अभिनेता गोविन्दाको स्मरण गराइदिएको थियो । फिल्मले बक्सअफिसमा १ सय ४२ दशमलब २६ करोडको व्यापार गरेको थियो ।

‘ड्रिम गर्लले थिएटरमा मात्र होइन, टेलिभिजनमा पनि सफलता पाएको थियो । यो फिल्मलाई दर्शकले दोहोर्याएर हेरेका थिए । त्यहीकारण पनि निर्माताहरु यसको सिक्वेलको तयारीमा जुटेका छन्’, फिल्म निकट स्रोतले भनेको छ ।

निर्देशक राज यतिबेला फिल्मको स्क्रिप्टको तयारी गरिरहेका छन् । उनी अर्को फिल्मका लागि पनि स्क्रिप्ट लेख्न व्यस्त छन् । फिल्मको सिक्वेलमा निर्माण पक्षले आयुष्मानलाई नै अभिनय गराउने पक्कापक्की जस्तै भइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : १० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय