रिमालझैँ बहुलाएका हेनरिक इब्सेन सम्बन्धी केही जानकारी « Khabarhub

रिमालझैँ बहुलाएका हेनरिक इब्सेन सम्बन्धी केही जानकारी


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नर्बेली साहित्य मात्र नभएर विश्वसाहित्यकै महान् नाटककार हेनरिक इब्सेन र नेपाली साहित्यका पहिलो गद्य कवि, क्रान्तिको उद्घोष गर्ने स्रष्टा तथा कुशल नाट्यशिल्पी गोपालप्रसाद रिमालको बीच अनौठो साम्यता गाँसिएको छ ।

यिनीहरुको जीवनमा मिलेको संयोग या साम्यता भनेको रिमाल ‘मसान नाटकबाट चिर्चित बने, उता नर्बेली नाटककार इब्सेन ‘पुतलीघर’ नामको नाटकबाट चर्चित भए ।

‘पुतलीघर’ नाटकको अन्तर्वस्तु र ‘मसान’ नाटकको अन्तर्वस्तुमा अनौठो साम्यता भेटिन्छ । फेरि पुतलीघरका लेखक हेनरि इब्सेन पनि जीवनको आखिरी चरणमा नराम्ररी बहुलाए, यता रिमाल पनि बहुलाएर राँची नै लानुप¥यो । यी दुवै स्रष्टाले प्रशस्त शारीरिक तथा मानसिक पीडाहरु खपेर संसारबाट विदा लिनुप¥यो । इब्सेन र रिमालको बीच मिल्ने स्वभाव के थियो भने रिमाल पनि स्वतन्त्रताप्रेमी थिए । कुनै पनि प्रकारका पराधिनता र बन्धनलाई रुचाउँदैनथे । राणाशाही निरङ्कुशताबाट देशलाई मुक्त गर्न जेलनेल, यातना भोगेका थिए ।

इब्सेनले पनि डेन्मार्कको अधीनमा रहेको आफ्नो मातृभूमि नर्बेलाई स्वतन्त्र बनाउन प्रशस्त रचनाहरु लेखे । तत्कालै नर्बे मुक्त हुन नसके पनि उनको जीवनको आखिरी घडीतिर सन् १९०५ मा नर्वे स्वतन्त्र भइछाड्यो ।

महान् नाटककार इब्सेनबाट सिक्नुपर्ने धेरै कुराहरु छन् । पहिलो कुरा उनी आफ्नो निन्दा गर्ने आलोचना गर्ने, पछाडिबाट कुरा काट्ने, छिर्के हान्नेलाई वास्तै गर्दैनथे ।

आफ्नै रचनात्मक काममा एकोहोरो लागिरहन्थे । कसैले गरेको निन्दा सुन्ने, त्यसको जवाफ दिने उनलाई फुर्सदै हुँदैनथ्यो । एकोहोरो आफ्नो मार्गचित्रमा हिँडिरहनु, सतत् साधनामा डुबिरहने उनको महान् विशेषता थियो । यही विशेषताले दर्जनभन्दा बढी उत्कृष्ट नाटकहरु विश्वसाहित्यले प्राप्त ग¥यो । उनको सिद्धान्तै थियो— संसारमा सबैभन्दा बलियो मान्छे त्यही हो जो अत्यन्त एक्लो भएर अलि उभिनसक्छ ।

इब्सेन नर्बेका एक सानो काठव्यापारीका छोरा थिए । दुर्भाग्यवश उनका पिताजीको व्यवसाय चौपट भयो । आर्थिक रुपले उनी नराम्रोसँग डुबे । त्यसकारणले बालक इब्सेनले खुब दुःख पाउनुप¥यो । एउटा औषधी निर्माताकहाँ ६ वर्ष काम सिके ।

सुरुमा उनको स्वभाव विपरीतखालको थियो । उनी घमण्डीमात्रै थिएनन्, जिद्धिवाला, कोहीसँग मिल्न नसक्ने विद्रोहीखालका पनि थिए । उनी परम्परागत समाजमा विद्रोहको तूफान ल्याउन चाहन्थे । सामाजिक अत्याचार, रुढिवादी, र पुरातन चिन्तनका अञ्जिरहरु चुडाउँन चाहन्थे ।

आफ्ना नाटकका पात्रहरुमार्फत् उनले त्यो विद्रोहको ध्वनी घन्काएका छन् । उनले राजासँग पैसा लिएर विश्व भ्रमण र अनुपम अनुभूति सँगाले । जीवित छँदै नाटक लेखेर संसार हल्लाइदिए । बूढेशकालमा यति ठूलो सम्मान भेटे । ठाउँठाउँमा फूलका मालाहरुले पुर्ने काम गरियो ।

यस्ता बेजोड नाट्यकर्मीको जन्म सन् १८२८ मा नर्वेमा भएको थियो भने मृत्यु सन् १९०६ मा भएको थियो ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : १० बजे

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट