कसरी बनाउने मकैको भुक्के रोटी ? « Khabarhub

कसरी बनाउने मकैको भुक्के रोटी ?


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (चार जनाको लागि)

मकैको पिठो — १ के.जी.

लसुन — १ पोटी पिसेको

अदुवा — १० ग्राम (पिसेको)

जिराको धूलो — आधा चम्चा (सानो चम्चाको)

बनाउने विधि :

सबै मसला र नुन राखेर फुकै पिठो राम्ररी मोल्ने ।

सुख्खा रोटी बेल्ने जस्तै तर नरम बनाउने र आधा घण्टा छोपेर राख्ने ।

केराको पातमा घिउ दल्ने र मुछेको पिठोलाई चारवटा बराबरीको डल्ला बनाउने ।

पातमा पिठो राखेर एक इन्च मोटाई बनाई फिजाउने र माथिबाट पातैले छोपिदिने ।

चुल्होमा तावा बसाउने, रोटी राखेर सानो आँच बनाई माथिबाट मिल्ने गरी पिलेटले छोपिदिने । पाँच मिनेट पाकेपछि फर्काउने र पाँचै मिनेट पाकेपछि छेउबाट हेर्ने ।

पाकेको भए झिकिदिने । यो स्वास्थ्यको लागि ज्यादै हल्का र पौष्टिक हुन्छ । यसमा पुदिनाको ताजा अचारसँग खाँदा स्वादिष्ट बन्दछ । यो डायविटिज र अन्य विभिन्न विरामीको लागि ज्यादै उत्तम खाना हो । विरामीलाई खुर्सानी नराखि बनाउनु पर्दछ । केराको पात नभएमा सालको पातमा पनि बनाउन सकिन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ४६ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर