नास्टद्वारा खगोलशास्त्री सम्मानित « Khabarhub

नास्टद्वारा खगोलशास्त्री सम्मानित


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी गतिविधिमार्फत नेपाललाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन लागिपर्ने अभियानकर्मी सम्मानित भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार विसं २०७७ का लागि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वालाई प्रदान गरेको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा द्वालगायत विज्ञान प्रविधि क्षेत्रमा काम गर्ने अभियानकर्मीलाई पुरस्कृत गरेका हुन् । सोसाइटीले खगोल विज्ञानका क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।

नास्टले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा प्रचारप्रसारको महत्व तथा भूमिकालाई मनन् गर्दै यस कार्यमा संलग्न भई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सक्रिय रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई विसं २०४२ देखि सम्मानित गर्दै आएको छ । नेपालमै केही गर्ने सोच भएका बहुआयामिक अवसरको खोजी तथा सिर्जना गर्ने युवालाई राज्यले आगामी दिनमा थप प्रोत्साहन तथा सहकार्य एवं लगानीको वातावरण निर्माण गर्ने विश्वास सोसाइटीले व्यक्त गरेको छ ।

सम्मानले नास्टलगायत देश भित्र तथा बाहिरका विभिन्न व्यक्ति, सङ्घ, संस्था (विद्यालय तथा विश्वविद्यालय) सँगको सहकार्यमा नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी गतिविधिलाई थप ऊर्जा मिलेको महसुस गरेको सोसाइटीको अध्यक्ष सुरेश भट्टराईले बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ४५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको