नास्टद्वारा खगोलशास्त्री सम्मानित « Khabarhub

नास्टद्वारा खगोलशास्त्री सम्मानित


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी गतिविधिमार्फत नेपाललाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन लागिपर्ने अभियानकर्मी सम्मानित भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार विसं २०७७ का लागि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वालाई प्रदान गरेको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा द्वालगायत विज्ञान प्रविधि क्षेत्रमा काम गर्ने अभियानकर्मीलाई पुरस्कृत गरेका हुन् । सोसाइटीले खगोल विज्ञानका क्षेत्रमा रचनात्मक काम गर्दै आएको छ ।

नास्टले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा प्रचारप्रसारको महत्व तथा भूमिकालाई मनन् गर्दै यस कार्यमा संलग्न भई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सक्रिय रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई विसं २०४२ देखि सम्मानित गर्दै आएको छ । नेपालमै केही गर्ने सोच भएका बहुआयामिक अवसरको खोजी तथा सिर्जना गर्ने युवालाई राज्यले आगामी दिनमा थप प्रोत्साहन तथा सहकार्य एवं लगानीको वातावरण निर्माण गर्ने विश्वास सोसाइटीले व्यक्त गरेको छ ।

सम्मानले नास्टलगायत देश भित्र तथा बाहिरका विभिन्न व्यक्ति, सङ्घ, संस्था (विद्यालय तथा विश्वविद्यालय) सँगको सहकार्यमा नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी गतिविधिलाई थप ऊर्जा मिलेको महसुस गरेको सोसाइटीको अध्यक्ष सुरेश भट्टराईले बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ४५ बजे

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै