‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिइँदै « Khabarhub

‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिइँदै


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ज्येष्ठ नागरिकलाई सरकारले आजदेखि साउन ३१ गतेसम्म दोस्रो डोज खोप उपलब्ध गराउँदैछ ।

दोस्रो मात्राको प्रतीक्षामा रहेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एष्ट्राजेनेका खोप दिन लागेको हो ।

अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिशील्ड खोपको दोस्रो मात्रा लगाउन १३ लाख ६४ हजार ज्येष्ठ नागरिक प्रतीक्षामा थिए ।

फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएका ती ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप लगाउन लागेका हुन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले खोपको पहिलो र दोस्रो मात्रा आठदेखि १२ हप्ताको अन्तरमा लगाउनुपर्ने सुझाव दिँदै आए पनि एउटै खालको खोप उपलब्ध नहुँदा ज्येष्ठ नागरिकलाई ढिलो गरी खोप दिइन लागिएको हो ।

तथापि एउटा पछिल्लो अध्ययनले ४५ हप्ताको अन्तरमा खोप लगाउँदा त्यसले अझ प्रभावकारी प्रतिरोधी प्रणाली उत्पन्न गराउने जनाइएकाले अहिले दिइने खोप पनि प्रभावकारी हुने सरकारी अधिकारीहरुको विश्वास छ ।

कोरोनाविरुद्धको ५ लाख १३ हजार ४ सय २० मात्रा एष्ट्राजेनेका खोप सरकारले पाँच प्रदेशमा पठाइसकेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा आइतबार खोप पठाईएको र पुग्न दुई दिन लाग्ने भएकाले बुधबारदेखि ती प्रदेशमा लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ । दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : ५५ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म