अस्ताए अभिनेता अनुपम श्याम « Khabarhub

अस्ताए अभिनेता अनुपम श्याम


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता अनुपम श्यामको आइतबार निधन भएको छ । उनी ६३ वर्षका थिए । उनलाई केही दिन अघि मृगौलासँग सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनलाई अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई केही दिनदेखि आइसियूबाट निकालेर भेन्टिलेटरमा राखिएको थियो । डाक्टरका अनुसार अन्तिम समयमा उनको शरीरका अंगले काम गरेका थिएनन् ।

केही समय अघि मात्र अनुपमका भाईले दाजुको स्वास्थ्य अवस्था बिग्रिएकाले आर्थिक सहयोगको अपिल गरेका थिए । अनुपमको स्वास्थ्य ठिक भएर काममा फर्किए पनि उनले हप्तामा तीनपटक डायलिसस गर्नु परेको थियो ।

अनुपमको जन्म २० सेप्टेम्बर १९६७ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनको प्रारम्भिक शिक्षा प्रतापगढमा नै भयो । त्यसपछि उनी लखनऊको भारतेन्दु नाट्य एकेडेमीमा थिएटर विषयमा भर्ना भए । नयाँदिल्ली आएपछि उनी श्रीराम सेन्टर रंगमण्डलमा जोडिए र नेशनल स्कुल अफ ड्रामाबाट उनले अभिनयको प्रशिक्षण लिए ।

उनले कैयौं फिल्ममा अभिनय गरे पनि टेलिफिल्म ‘मन की आवाज प्रतिज्ञा’बाट लोकप्रियता पाए । उनले ‘अमरावती की कथाएँ’, ‘रिश्ते’, ‘क्यूंकि…जीना इसी का नाम है’, ‘हमने ली है शपथ’, ‘डोली अरमानों’, ‘कृष्णा चली लण्डन’ जस्ता टेलिफिल्ममा अभिनय गरेका थिए ।

उनले फिल्ममा ‘संघर्ष’, ‘दुश्मन’, ‘दिल से’, ‘प्यार तो होना ही था’, ‘परजानिया’, ‘गोलमाल’, ‘नायकः द रियल हीरो’ र ‘पाप शक्तिः द पावर’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ११ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित