कांग्रेसलाई देउवाले भीख माग्ने अवस्थामा पुर्‍याए : वरिष्ठ नेता पौडेल « Khabarhub

कांग्रेसलाई देउवाले भीख माग्ने अवस्थामा पुर्‍याए : वरिष्ठ नेता पौडेल


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् ।

पार्टी विधानले तोकेको चार वर्ष र असाधारण परिस्थिति भनेर थपिने एक वर्षमा पनि महाधिवेशन नगरेका देउवाले संविधानलाई समातेर थपेको ६ महिनामा पनि  महाधिवेशन गर्न नखोजिएको भन्दै  देउवाको चर्को आलोचना गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान स्टाटस लेख्दै पौडेलले संविधानको व्यवस्थालाई टेकेर भदौमा गर्ने भनिएकोमा फेरि पनि मिति सारेर कांग्रेसलाई देउवाले निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्‍याएको जनाएका छन् ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ,’  पौडेलले लेखेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : २५ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र