मेस्सीबिनाको बार्सिलोनाले युभेन्टसलाई हरायो « Khabarhub

मेस्सीबिनाको बार्सिलोनाले युभेन्टसलाई हरायो


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेस्सीबिनाको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई सहजै हराएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, मार्टिन ब्रेथवेट र रिकार्ड पुइगले एक/ एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।

नयाँ सिजनमा मेस्सीबिना बार्सिलोनाले अर्को ठूलो क्लवसँग खेलेको यो पहिलो पटक हो । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडिसकेका छन् । उनी पीएजी जाने चर्चा चुलिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ५६ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने