मेस्सीबिनाको बार्सिलोनाले युभेन्टसलाई हरायो « Khabarhub

मेस्सीबिनाको बार्सिलोनाले युभेन्टसलाई हरायो


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेस्सीबिनाको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई सहजै हराएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, मार्टिन ब्रेथवेट र रिकार्ड पुइगले एक/ एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।

नयाँ सिजनमा मेस्सीबिना बार्सिलोनाले अर्को ठूलो क्लवसँग खेलेको यो पहिलो पटक हो । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडिसकेका छन् । उनी पीएजी जाने चर्चा चुलिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ५६ बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी