महाधिवेशनको सुनिश्चितता खोज्दै पौडेल, डाके केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

महाधिवेशनको सुनिश्चितता खोज्दै पौडेल, डाके केन्द्रीय समिति बैठक

आजै जिल्ला सभापतिको भेला


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भदौमा तोकिएको महाधिवेशन पनि लगभग सर्ने  भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन् ।

आज अपराह्न ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा डाकिएको बैठकले महाधिवेशन सुनिश्चितता गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिने  एक नेताले जानकारी दिए ।

आजै नेपाली कांग्रेसको संस्थापन इतर समूहको जिल्ला समूहको भेला हुँदैछ । वरिष्ठ नेता पौडेल तथा कृष्ण सिटौला पक्षधर जिल्ला सभापतिहरुको बैठक दिउँसो ठमेलस्थित एक होटलमा बस्ने नेता जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

बैठकले कांग्रेस महाधिवेशन समयमै गर्न वा विशेष अधिवेशन गरेर भए पनि पार्टीलाई अवैध हुनबाट जोगाउन सभापति शेरबहादुर देउवालाई दबाब दिइने उनले बताए ।

कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद हल हुन नसक्दा कांग्रेसको भदौमा हुने भनिएको महाधिवेशनका कार्यतालिका प्रभावित भएका छन् । अहिलेसम्म वडा तथा पालिकास्तरको अधिवेशन समेत नभएपछि कांग्रेसमा संस्थापन इतर पक्ष सभापति देउवासँग रुष्ट भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : २५ बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन