एमालेमा विधान संशोधन प्रस्ताव पारित, अध्यक्ष र महासचिवमात्र निर्वाचित हुने | Khabarhub Khabarhub

एमालेमा विधान संशोधन प्रस्ताव पारित, अध्यक्ष र महासचिवमात्र निर्वाचित हुने


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।

स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

उनले स्थायी कमिटीले पारित गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने स्थायी कमिटी बैठकले निर्णय गरेको बताए ।

संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।

संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ३ : १० बजे

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर