मैलुङ खोला जलविद्युतको आइपीओ भोलि बाँफाँड हुने « Khabarhub

मैलुङ खोला जलविद्युतको आइपीओ भोलि बाँफाँड हुने


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ ।

कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न भएसँगै कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

उक्त आइपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

उक्त आइपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ३ : ३३ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ