कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रामा एस्ट्राजेनिका खोप लगाइयो (भिडियोसहित) « Khabarhub

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रामा एस्ट्राजेनिका खोप लगाइयो (भिडियोसहित)


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकले करिव पाँच महिनापछि दास्रो मात्रामा एस्ट्राजेनिका खोप लगाएका छन् ।

कोरोना विरुद्धको दोस्रो डोज खोप कुरिरहेका ज्येष्ठ नागरिकहरुले पाँच महिनापछि सोमबारदेखि दोस्रो डोज पाएका हुन् ।

गत वर्षको माघबाटै सरकारले खोप कार्यक्रम सञ्चालन गरिहेकाले कोभिसिल्डको सट्टा एस्ट्राजेनिका खोप लगाएको शिक्षण अस्पताल महाराजगन्जका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

हेरौँ भिडियो

उनले गत फागुन अन्तिममा कोभिसिल्डको पहिलो मात्रा लगाएकाले १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने भए पनि खोप नआएका कारण लगाउन नमिलेको बताए । अधिकारीले भारतले पैसा लिएर पनि १० लाख डोज कोभिशिल्ड खोप नदिएपछि सरकारले विकल्पका रुपमा  एस्ट्राजेनिका खोप दिन सुरु गरेको बताए ।

भूटान र जापानबाट १० लाख बढी अस्ट्राजेनिका खोप सहयोग गरेपछि ढिलै भए पनि आफूले पूर्ण खोप प्राप्त गरेका कारण खुशी लागेको ज्येष्ठ नागरिक तीर्थराज खरेलले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ४६ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट