कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रामा एस्ट्राजेनिका खोप लगाइयो (भिडियोसहित) « Khabarhub

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रामा एस्ट्राजेनिका खोप लगाइयो (भिडियोसहित)


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकले करिव पाँच महिनापछि दास्रो मात्रामा एस्ट्राजेनिका खोप लगाएका छन् ।

कोरोना विरुद्धको दोस्रो डोज खोप कुरिरहेका ज्येष्ठ नागरिकहरुले पाँच महिनापछि सोमबारदेखि दोस्रो डोज पाएका हुन् ।

गत वर्षको माघबाटै सरकारले खोप कार्यक्रम सञ्चालन गरिहेकाले कोभिसिल्डको सट्टा एस्ट्राजेनिका खोप लगाएको शिक्षण अस्पताल महाराजगन्जका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

हेरौँ भिडियो

उनले गत फागुन अन्तिममा कोभिसिल्डको पहिलो मात्रा लगाएकाले १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने भए पनि खोप नआएका कारण लगाउन नमिलेको बताए । अधिकारीले भारतले पैसा लिएर पनि १० लाख डोज कोभिशिल्ड खोप नदिएपछि सरकारले विकल्पका रुपमा  एस्ट्राजेनिका खोप दिन सुरु गरेको बताए ।

भूटान र जापानबाट १० लाख बढी अस्ट्राजेनिका खोप सहयोग गरेपछि ढिलै भए पनि आफूले पूर्ण खोप प्राप्त गरेका कारण खुशी लागेको ज्येष्ठ नागरिक तीर्थराज खरेलले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ४६ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ