जनकपुर भन्सार कार्यालयमा थन्किए ७०० बढी सवारी साधन (फोटोफिचर) « Khabarhub

जनकपुर भन्सार कार्यालयमा थन्किए ७०० बढी सवारी साधन (फोटोफिचर)


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामस्थित भन्सार कार्यालयमा ७०० भन्दा बढी सवारी साधन थन्किएका छन् ।

लामो समयदेखि लिलामी नहुँदा ती सवारीसाधन कार्यालयको परिसरमै थन्क्याएर राखिएका हुन् । सवारीसाधन लिलामी नहुँदा उक्त सवारीहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् ।

कार्यालय प्रमुख प्रमोद दासले करिव सात सयको संख्यामा सवारी रहेको जानकारी दिए । उनका अनुसार मोटरसाइकल, जीप, ट्रयाक्टर, टेम्पो लगायत सवारी साधन रहेका छन् । लिलामी गर्ने प्रकृया पुनः अगाडि बढाएको उनले बताए ।

भन्सार छलेर सामान ल्याउने, नियमविपरित लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने, विभिन्न अपराधिक मुद्दामा संलग्न तथा चोरीका सवारी साधनहरु जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो ।

लिलामी प्रक्रिया झन्झटिलो भएको हुँदा ती सवारीसाधन समयमै लिलामी हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ०१ बजे

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले