बाढीपहिरोका कारण गाउँ पुग्न तुइनको सहारा « Khabarhub

बाढीपहिरोका कारण गाउँ पुग्न तुइनको सहारा


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– असार १ गते बाढीपहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले ।

चारैतिर नदी, खोलाले घेरिएको नासों गाउँपालिका–८ ताचै पुग्न ज्यान नै जोखिममा राख्नुपर्ने अवस्था छ । “पानी पर्न अझै पनि रोकिएको छैन, नदी, खोला, खोल्साको बहाव बढ्ने सम्भावना उत्तिकै छ तर गाउँमा पुगेर स्थानीयको सेवा गर्नुपर्ने भएकाले ज्यान जोखिममा राखेर पुग्ने गरेको छु”, गाउँपालिका अध्यक्ष घलेले भने ।

“टेलिफोन टावर छैन । आवतजावत गर्ने बाटो छैन । विद्युत् छैन । गाउँका केही घर पहिरोमा भासिएका छन् । झोलुङ्गे पुल बगाएको छ । सडक छैन”, उनले भने, “गाउँमा वारपार गर्न चाइनिजले निर्माण गरेको एक मात्रै तुइन सहारा बनेको छ । त्यो पनि जीर्ण अवस्थाको छ । गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ ।”

गाउँमा सञ्चार र विद्युत् आपूर्ति नहुँदा अन्धकारमा छ । गाउँपालिकाका केही स्थानका टेलिकम टावर मर्मत तथा सौर्य ऊर्जा जडान गरेर प्रयोगमा ल्याउने प्रयास भइरहेको छ । नासो–८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ गाउँले मिलेर गोरेटो निर्माण गरे पनि मर्स्याङ्दी नदी वारपार गर्न तुइनबाहेक अरु विकल्प नभएको बताउँछन् ।

“तुइन पनि जीर्ण अवस्थामा छ । जोखिम मोलेर वारपार गरेका छौँ । केही दिनसम्म राहतले चलाउला तर सधैँ त गाह्रो हुन्छ । ताचैको त पूर्णरुपमा विच्छेद भएका छौँ”, गुरुङले भने ।

खिया लागेको लामो समयसम्म नचलेको तुइन प्रयोग गरी मस्र्याङ्दी वारपार गर्नुपर्दा घर फर्किने हो कि होइन भन्ने चिन्ताले सताउने गरेको स्थानीय शेरजङ्ग गुरुङ बताउँछन् । नासो गाउँपालिका–९ दानाक्युबाट वडा नं ८ ताचै जान अप्पर मस्र्याङ्दी दुई जलविद्युत् आयोजनाले जडान गरेको सामान तार्न तुइन बनाएको हो ।

“स्थानीयले बनाउन सक्नेजति त बनाएर सजिलो बनाएका छौँ नि । ठूलो नदीलाई त जित्न पनि नसकिने स्थानीय स्रोतसाधनले पनि नभ्याउने रहेछ । जोखिम मोल्दै सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था छ”,उनी भन्छन्, “सरकारले छिटो बनाइदिए स्थानीयको खुशी फर्किने थियो र अभिभावक रहेको महसुस गर्न पाइन्थ्यो भन्ने लाग्छ के गर्नु रु छिटो सुनुवाइ होस् ताचैवासीको अनि सम्पूर्ण मनाङवासीलाई सजिलो होस् ।”

ताचैसँगै यस गाउँपालिकाको वडा नं १ ताल, ३ नं वडाको धारापानी, खोत्रो, ५ नं वडाको थोंचे, ६ र ७ नं वडाको तिल्चे र ९ नम्बर वडाको दानाक्युमा बाढीपहिरोले बढी क्षति पुर्‍याएको छ । यी गाउँ एकाापसमा सम्पर्क र आवतजावतसमेत गर्नसक्ने अवस्थामा छैनन् । केही स्थानमा गोरेटो बाटो र अस्थायी काठे पुल निर्माण गरी आवतजावतलाई सहज बनाइएको छ ।

मर्स्याङ्दी नदीमा आएको बाढीले नासोंको प्रशासनिक भवन नै बगाएपछि पूर्णरुपमा विस्थापित भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । गाउँपालिकाको सेवा नै छिमेकी जिल्ला लमजुङबाट अस्थायी कार्यालय राखेर सेवा प्रवाह भइरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को