कोरोना परीक्षणको क्षमता बढाउन संसदीय समितिको निर्देशन « Khabarhub

कोरोना परीक्षणको क्षमता बढाउन संसदीय समितिको निर्देशन


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका लागि गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण जोखिम नियन्त्रण, उपचार व्यवस्थापनबारे स्वास्थ्य सेवा विभागका पदाधिकारीसँग जानकारी लिएपछि समितिले खोपको अनियमितता भएको सम्बन्धमा आएका सूचनाका आधारमा छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन निर्देशन भएको सभापति निरादेवी जैरुले जानकारी दिइन् ।

स्वास्थ्य सेवालाई सर्वशुलभ, समान पहुँच र सरल बनाउन जोड दिँदै बैठकले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको स्तरोन्नति गर्दै अघि बढ्न पनि समितिले निर्देशन दिएको छ । सो अवसरमा स्वास्थ्य विभागका तर्फबाट अबको पाँच महिनामा एक लाख ९३ हजार ८ ५६ नयाँ सङ्क्रमित थपिने सम्भावनाको आँकलन प्रस्तुत गरियो । त्यसमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा र नौ हजार ६९३ जनालाई सघन उपचार आवश्यक पर्ने सो अवसरमा जानकारी दिइयो ।

यसअघि बैठकमा स्वास्थ्य विभागका महानिर्देशक डा तारानाथ पोखरेलले मुलुकका ९६ वटा पिसीआर केन्द्रबाट कूल जनसङ्ख्याको १३.५ प्रतिशत जनताको कोरोना परीक्षण भएको जानकारी दिए । हालसम्म ३९ लाख ८१ हजार ५९५ परीक्षण भएकामा पिसीआर ३६ लाख ४४ हजार ४७२ र एन्टिजेन ३ लाख ३६ हजार ८२३ भएको छ । कोभिड–१९ सङ्क्रमण कूल जनसङ्ख्याको २.६ प्रतिशत अर्थात सात लाख ६९ हजार ९२२ पत्ता लागेको जानकारी दिइयो ।

कोरोना सङ्क्रमितमध्ये मृत्यु अनुपात १.३ प्रतिशत अर्थात् नौ हजार ९५७ को साउन २० गतेसम्म मृत्यु भएको उहाँले बताउनुभयो । साउन २० गतेसम्म पहिलो मात्र खोप ४२ लाख ९७ हजार ६१२ जनाले प्राप्त गरेको तथा पूर्ण खोप प्राप्त गर्ने नागरिकको सङ्ख्या २० लाख ७४ हजार रहेको बैठकमा जानकारी दिइयो ।

साउन २० गते उपचाररत सङ्क्रमितमध्ये घर आइसोलेशनमा ३० हजार २७०, संस्थागतमा तीन हजार १९४, आइसीयुमा ७१४ र भेन्टिलेटरमा १५६ जना रहेको तथ्याङ्क प्रस्तुत गरियो । आइसीयु कक्ष सङ्ख्या दुई हजार ६०० बाट बढाएर तीन हजार पुर्‍याइएको र ६३० थप प्रक्रियामा रहेको तथा भेन्टिलेटरको सङ्ख्या पनि एक हजार ८० पुर्‍याउने कार्य प्रक्रियामा रहेको जानकारी दिइयो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : २९ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश