आरती साहमाथि एसिड आक्रमण गर्ने श्रीमान अदालतबाट दोषी ठहर « Khabarhub

आरती साहमाथि एसिड आक्रमण गर्ने श्रीमान अदालतबाट दोषी ठहर


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ ।

न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराउने व्यवसायी नगेन्द्र साहलाई भने सफाई दिएको छ ।

जनकपुरधाम उपमहानगर ७ स्थित डेरामा बसेकी आरती र छोरी रियामाथि सञ्जीवले ०७७ कार्तिक २७ मा एसिड आक्रमण गरेका थिए ।

घटना लगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सञ्जीवले निखिल स्टोरबाट एसिड किनेको बयान दिएपछि प्रहरीले स्टोर सञ्चालक नागेन्द्रलाई पनि पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाकै सबैला नगरपालिका ६ का सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानून बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दावी जिल्ला अदातलतमा दर्ता गराएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना