‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य | Khabarhub Khabarhub

‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताएका छन् ।

आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्बोधन गर्ने सिलसिलामा महानगर प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भने, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप बढेको छ । धरहराको महत्व महानगरवासीले मात्रै होइन सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाए ।’

सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।

मेयर शाक्यले आफ्ना कार्यकालमा थुप्रै कामहरु सम्पन्न भएको बताउदै भने, ‘धरहरा हाम्रै कार्यकालमा बनाउने भनेका थियौँ । धरहरा बनिसकेको छ, पार्किङलगायतको काम बाँकी छ । रानीपोखरी पुर्ननिर्माण गर्छौ भनेका थियौँ । त्यो बन्यो । ऐतिहासिक कमलपोखरी पनि पुर्ननिर्माण सम्पन्न हुने चरणमा छ ।’

कमलपोखरी पुननिर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने पनि उनले बताए ।

‘रानीपोखरी भन्दा कम हुनेछैन कमलपोखरी,’ उनले भने, ‘त्यहाँको प्रहरी कार्यालय मालिगाउँमा सारेपछि करीब पाँच रोपनी जग्गा थपिएको छ । थपिएको जग्गासहितको पहिलो चरणको कमलपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा छ ।’

उनले केही दिन अघि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा हेलिकोप्टरले रानीपोखरीको पानी प्रयोग गरेको स्मरण गराउँदै शहरका बिचका त्यस्ता पोखरीहरुको महत्व थप बढेको बताए ।

‘बालाजुको नेविको विष्कुट कारखानामा आगलागी हुँदा दमकलले त आगो निभाउँदै थियो । हेलिकोप्टरबाट पनि पानी हालेर आगो निभाउने काम भयो,’ शाक्यले भने, ‘हाम्रो कार्यकालमा रानीपोखरी बनाउन नसकेको भए त्यहाँको आगो नियन्त्रणमा ल्याउन थप केही घण्टा लाग्न सक्थ्यो कि ? त्यसैले यस्ता पोखरीहरुको महत्व थप बढ्दै गएको छ ।’

उनले रानीपोखरी, कमलपोखरी, नागपोखरीलगायतका पोखरी जस्ता ऐतिहकि सम्पदाको संरक्षण र सौदर्यीकरण गर्ने अभियानलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : २० बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’