जापानका १९ प्रान्तमा सङ्कटकालको अवधि फेरि थप « Khabarhub

जापानका १९ प्रान्तमा सङ्कटकालको अवधि फेरि थप


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गरेको छ ।

कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

यही सेप्टेम्बर ३० तारिखदेखि लागु हुने गरी सङ्कटकालको समयावधि फेरि थप गरिएको हो । देशका कूल ४७ प्रान्तमध्ये २१ प्रान्तमा यही सेप्टेम्बर १२ देखि सङ्कटकाल लागू भएको छ ।

मियागी र ओकायामा प्रान्तमा भने महामारी कम हुँदै गएको ठानेर अर्ध सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी अर्ध सङ्कटकाल लगाइएका १२ मध्ये टोयामा, यामानाशी, एहिम, खोची, सागा र नागासाकी गरी ६ प्रान्तमा भने हालै अर्ध सङ्कटकाल पनि हटाइएको छ ।

कोरोनाभाइरसको नयाँ नयाँ भेरियन्ट फैलिँदै गएपछि देशका धेरै ठाउँमा सङ्कटकाललाई निरन्तरता दिनुपरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सङ्कटकाल लागू गरिएको क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि पनि स्थानीय अधिकारीहरूलाई जानकारी दिएर वा अनुमति लिएर मात्रै हिँड्न पाइने व्यवस्था गरिएको छ ।

अधिकांश पसल तथा कार्यालयहरू बन्द गरिएको छ भने भीडभाड गर्न निषेध गरिएको छ । सरकारको आदेश नमान्नेलाई कडा कारबाहीको चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : १० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित