हङकङमा मानव अधिकारको दशा | Khabarhub Khabarhub

हङकङमा मानव अधिकारको दशा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी दलालको रूपमा काम गरेको आरोपमा हङकङमा धेरै जना गिरफ्तार गरिएका छन् । सन् १९८९ को तियानमियन चोकमा भएको घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा कार्यक्रम आयोजना गरेपछि ‘प्रो–डेमोक्रेसी हङकङ अर्गनाइजेसन’ का सदस्यहरू गिरफ्तार गरिएका हुन् ।

उनीहरूमाथि राष्ट्रिय सुरक्षा कानून अन्तर्गत मुद्दा चलाइनेछ र जन्म कैदको सजाय समेत हुन सक्नेछ । गिरफ्तारीसँगै हङकङ प्रहरीले उनीहरूको सबै व्यक्तिगत विवरण संकलन गरेको छ । साथै, ‘प्रो–डेमोक्रेसी हङकङ अर्गनाइजेसन’ को आर्थिक स्रोतसहित सम्पूर्ण सदस्यको व्यक्तिगत सम्पत्ति विवरण पनि प्रहरीले मागेको छ । गिरफ्तारीमा परेकाहरूले त्यस्तो विवरण दिन अस्वीकार गरेका छन् ।

प्रहरीले चार जनालाई उनीहरूको घरबाटै समातेको हो । ‘प्रो–डेमोक्रेसी हङकङ अर्गनाइजेसन’ की प्रमुख चोउ ह्वाङ टङले सरकारी पक्षले आफूलाई गिरफ्तार गर्ने कुनै कानुनी आधार नभएको अडान लिँदै कानूनको सामना गर्ने बताएकी छिन् । प्रहरीका अनुसार मागिएको सबै कुरा नबुझाए उनीहरूलाई ६ महिना कैद र १ लाख हङकङ डलरसम्म जरिवाना हुन सक्नेछ ।

मानव अधिकारवादी कानून व्यवसायी चोउ यस वर्षको शुरूवातमा पनि गिरफ्तारीमा परेकी थिइन् । अनधिकृत गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार भएकी उनी धरौटीमा रिहा भएकी थिइन् । यसको पेशी बुधबार पनि थियो । बुधबार यसैको सुनवाइका लागि अदालत जाने तयारीमा रहेकी चोइ गिरफ्तारीमा परेकी हुन् ।

चीनले अहिले हङकङमा कडा ऐन लागु गरेको छ जसअनुसार कुनै व्यक्तिको सम्बन्ध विदेशी सङ्गठनसँग छ कि छैन भन्ने निगरानी गरिन्छ । यो ऐनका आलोचकहरूले सङ्कट बढ्दै जाने चिन्ता व्यक्त गरेका छन् । चिनियाँ अधिकारीहरू भने स्थायित्वका लागि यस्तो ऐन आवश्यक रहेको बताउँछन् ।

बेलायतले हङकङ चीनलाई बुझाएको तेइसौँ वर्षगाँठ मनाउनुअघि गत ३० जुनमा उक्त ऐन कार्यान्वयन भएको थियो । यो नयाँ ऐनअनुसार सिधै चीनले निगरानी गर्ने भएपछि हङकङबासीले आफ्नो स्वतन्त्रता सधैँका लागि गुमेको ठहर गरेका छन् । सबैभन्दा धेरैको गुनासो र आपत्ति यसैमा रहेको छ ।

विद्रोही गतिविधिमा सरिक हुनेहरूका अनुसार नियन्त्रण र निगरानीका लागि बेइजिङले हङकङमै कार्यालय स्थापना गर्ने कुरा सबैभन्दा घातक हो । यो कार्यालयले कुनै निर्णयको लागि बेइजिङ पठाउन सक्नेछ । बेइजिङले भने सीमित घटनामात्र आफूले हेर्न सक्ने जनाएको छ ।

तियानमियन चोकको उक्त घटना भएको ३२ वर्ष पूरा भएको छ तर यसप्रतिको चासो भने कम भएको छैन । अहिले पनि तियानमियन चोकको त्यो दुःखद घटना सम्झनुले चीनमा प्रजातन्त्रप्रतिको बढ्दो चासोको सङ्केत गर्छ ।

यो सुरक्षा नियम लागु गर्न हङकङ आफैँले एक कार्यालय स्थापना गर्ने तथा चीनको सल्लाहमा चल्नुपर्ने कुरा पनि उल्लेख भएको छ । यो ऐन कार्यान्वयन पूर्णरूपमा चीनको निगरानीमा हुनेछ । कसैले कानून मिचेको छ भन्ने शङ्का लागे उसको फोन र सञ्चारमाध्यम ट्याप गर्ने नीति पनि छ । विदेशी गैरसरकारी संस्था र विदेशी सञ्चारमाध्यम सञ्चालनमा कडाइ गर्ने प्रावधान पनि छ ।

यो सुरक्षा ऐन कति कठोर छ भने सुरक्षा व्यवस्थामा अवरोध गरेको आरोपमा सरकारले जुनसुकै सञ्चारगृहमा ताला लगाउन सक्नेछ । यो नियमबाट आफ्नो स्वतन्त्रता गुमेको हङकङवासीको निष्कर्ष छ । प्राध्यापक जोन्स चानको कथनमा उक्त ऐनले हङकङमा नागरिक स्वतन्त्रताको हनन गरेको छ । प्रजातन्त्रको आन्दोलनमा सहभागी भइरहेका जोसुवा होङले हङकङमा प्रजातन्त्र गुमेकोमा चासो देखाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

बेलायतले सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरेको थियो । ‘वान कन्ट्री टु सिस्टम’ को मान्यतामा हङकङ हस्तान्तरण भएको थियो । अर्थात् हङकङको प्रजातान्त्रिक व्यवस्थामा चीनको आघात हुने छैन भन्ने आधार तयार भएको थियो ।

चीनका अन्य भूभागमा नरहेका वाक स्वतन्त्रता र न्यायिक स्वतन्त्रता लगायतका अनेकौँ सुविधा प्रयोग गर्न पाउनेमा हङकङबासी ढुक्क थिए । यसकारण उनीहरूलाई बेलायत वा चीन जसको अधीनमा रहे पनि चासो भएन । गत वर्ष हङकङमा ठूलो विरोध प्रदर्शन भएपछि बेइजिङले कठोर नीति लिएको हो । ।

धेरैको मत हङकङ हस्तान्तरणमा भएको सम्झौता अनुसार यस्तो कडा ऐन लागु हुन नपर्ने हो । सम्झौताभन्दा अघि बढेका कारण हङकङमा चीनप्रतिको जनगुनासो बढेको हो ।

त्यसो त तियानमियन चोकको चर्चा कम भएको छैन । प्रजातान्त्रिक सोच राख्नेहरूले ३२ वर्ष अगाडिको त्यो घटना सम्झना गर्ने कारण पनि छन् । सन् १९८० मा चीन परिवर्तनको दिशामा अघि बढिरहेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले केही प्राइभेट कम्पनी र विदेशी कम्पनीलाई अनुमति दिएको थियो । नेता देङ साओ पेङले आर्थिक तेजी र जीवनस्तरको सुधारको आशा गर्दै त्यस्तो निर्णय गरेका थिए । यसले भ्रष्टाचार बढायो र राजनीतिक परिवर्तनको चाहना चिनियाँमा जागृत भयो । विद्यार्थीको नेतृत्वमा विरोध कार्यक्रमहरू हुन थाले ।

सन् १९८९ को वसन्त ऋतुको शुरूवातमै राजनीतिक परिवर्तनको मागसहित ठूलो विद्रोह भयो । राजनीतिक र आर्थिक परिवर्तनको निरीक्षण गरेका हु याओ ब्याङको निधनले त्यो विद्रोह प्रेरित थियो । त्यसको दुई वर्षअघि हु पार्टीको उपल्लो तहबाट बर्खास्त गरिएका थिए । अप्रिलमा उनको अन्त्येष्टिमा दसौँ हजार उपस्थित भए । उनीहरू स्वतन्त्रता चाहन्थे ।

त्यसको एक सातापछि तियानमियन चोकमा प्रदर्शनकारीहरू जम्मा भए । यसरी जम्मा हुनेको संख्या १० लाखभन्दा बढी रहेको अनुमान छ । शुरूमा कम्युनिस्ट पार्टीले केही प्रतिक्रिया दिएको थिएन । पार्टीभित्र दुई धार देखापरेको थियो । कसैले यो आवाज पनि सुन्नुपर्ने धारणा राखे तर कट्टरपन्थी मतको बाहुल्य थियो ।

जुन ३ र ४ मा चोकमा ट्याङ्करमा प्रवेश गरेका सुरक्षाकर्मीले गोली चलाउन र गिरफ्तार गर्न थाले । घटना बढ्दै गएर धेरै जना मारिए । चिनियाँ अधिकारीहरूले दुई सय जना मारिएको भने पनि हजारौँ मारिएको अनुमान छ । ज्यान गुमाउनेको संख्या बितेको ३२ वर्षमा पनि यकिन हुन सकेको छैन ।

चिनियाँ सरकारले इन्टरनेटमा तियानमियन चोकको घटनासँग सम्बन्धित सामग्री सेन्सर गर्ने गरेको छ । यसकारण चीनको पछिल्लो पुस्ता त्यस घटनाबारे कम जानकार छन् ।

अहिले हङकङमा प्रजातन्त्रको आवाज उठाउने र तियानमियन चोकको त्यो दुःखद घटनाको सम्झना गराउने महिला नेतृबारे धेरैलाई चासो हुन सक्छ । अहिले यो अभियानको नेतृत्व गर्ने चोउ ह्वाङ टङको जन्म १९८५ मा हङकङमा भएको हो । क्याम्ब्रिज विश्वविद्यालयमा भूगोल पढेकी उनले हङकङ फर्केपछि कानून अध्ययन गरिन् । अहिले उनी हङकङ बारमा आबद्ध छिन् ।

तियानमियन चोकको उक्त घटना भएको ३२ वर्ष पूरा भएको छ तर यसप्रतिको चासो भने कम भएको छैन । अहिले पनि तियानमियन चोकको त्यो दुःखद घटना सम्झनुले चीनमा प्रजातन्त्रप्रतिको बढ्दो चासोको सङ्केत गर्छ ।  –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ८ : ०५ बजे

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौं – नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण

देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छाैं : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

झापा – कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध

एक सय ३२ जना महिला र बालबालिकाको उद्धार

पर्सा – माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज