म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु « Khabarhub

म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यासोडोनियामा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० संक्रमितको मृत्यु भएको छ ।

म्यासोडोनियाको उत्तरी क्षेत्रमा रहेको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा उपचाररत १० संक्रमितको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ । अग्नि नियन्त्रकहरुले आधा घन्टामा नै आगो नियन्त्रणमा लिएका थिए ।

मृतकको संख्या अझै बढ्न सक्ने स्वास्थ्यमन्त्री भेनको फिलिप्सीले जानाकारी दिए । आगो लागेपछि बिरामीलाई अन्य अस्पतालमा लगिएको थियो । आगो लाग्दा अस्पतालमा कति बिरामी थिए भन्ने प्रष्ट पारिएको छैन ।

कोरोनाभाईरसका गम्भीर विरामीलाई उपचार गर्न गत वर्ष सो अस्पताल निर्माण गरिएको थियो । २० लाख जनसंख्या भएको म्यासोडोनियामा अहिलेसम्म कोभिडका कारण ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : २० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार