सामाजिक सञ्जालबाट अमेरिकालाई जोडेर कोरोनबारे गलत सूचना फैलाउँदै चिनियाँ समर्थक « Khabarhub

सामाजिक सञ्जालबाट अमेरिकालाई जोडेर कोरोनबारे गलत सूचना फैलाउँदै चिनियाँ समर्थक


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानफ्रान्सिसको– चीन समर्थकहरुले सामाजिक सञ्जालमार्फत अमेरिकालाई जोडेर भ्रमपूर्ण सूचना फैलाएको शोधकर्ताहरुले दावी गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले शोधकर्ताहरुलाई उदृत गर्दै चिनियाँ समर्थकले अमेरिकालाई जोडेर कोरोनाबारे गलत सूचना फैलाएको जनाएको छ ।

एक्सपर्ट सेक्युरिटी कम्पनी फायर आई र अल्फाबेटले एक रिपोर्ट सार्वजनिक गर्दै सामाजिक सञ्जालमा चिनियाँ प्रोपोगाण्डा चलाइएको जनाएका छन् । अंग्रेजी र चिनियाँ भाषामा मात्र नभएर रसियन, स्पेनिश र जर्मन भाषामासमेत भ्रमपूर्ण सूचना फैलाइएको जनाइएको छ । विभिन्न सामाजिक सञ्जालमा विभिन्न भाषाका माध्यमबाट भ्रमपूर्ण सूचना फैलाइएको पाइएको शोधकर्ताहरुले जनाएका छन् ।

विभिन्न सामाजिक सञ्जालका एकाउण्टहरुले यसरी भ्रमपूर्ण सूचना फैैलाएको भेटिएको र ती सामाजिक सञ्जालको सम्पर्क चीनसँग रहेको समाचारमा जनाइएको छ ।

मुख्यगरी कोरोना भाइरसको उत्पत्ति अमेरिकामा भएको भन्दै सूचनाहरु फैलाइएको छ । यसप्रकारका गलत सूचनाहरु विभिन्न सामाजिक सञ्जालका एकाउण्टमा एउटै तस्वीरसमेत प्रयोग गरेर फैलाइएको जनाइएको छ । अमेरिकाको मेरिल्याण्डस्थित सैनिक क्याम्पबाट कोरोना भाइरस फैलिएको गलत सूचना सामाजिक सञ्जालहरुमार्फत फैलाइएको दावी गरिएको छ ।

हङकङको मानवअधिकारका विषयमा पनि भ्रमपूर्ण सूचनाहरु फैलाइएको रोयटर्सले उल्लेख गरेको छ । यसप्रकाको प्रोपोगाण्डा रुसबाट पनि फैलिएको बताइएको छ । रोयर्टसको सहयोगमा

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : ०५ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील