सामाजिक सञ्जालबाट अमेरिकालाई जोडेर कोरोनबारे गलत सूचना फैलाउँदै चिनियाँ समर्थक « Khabarhub

सामाजिक सञ्जालबाट अमेरिकालाई जोडेर कोरोनबारे गलत सूचना फैलाउँदै चिनियाँ समर्थक


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानफ्रान्सिसको– चीन समर्थकहरुले सामाजिक सञ्जालमार्फत अमेरिकालाई जोडेर भ्रमपूर्ण सूचना फैलाएको शोधकर्ताहरुले दावी गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले शोधकर्ताहरुलाई उदृत गर्दै चिनियाँ समर्थकले अमेरिकालाई जोडेर कोरोनाबारे गलत सूचना फैलाएको जनाएको छ ।

एक्सपर्ट सेक्युरिटी कम्पनी फायर आई र अल्फाबेटले एक रिपोर्ट सार्वजनिक गर्दै सामाजिक सञ्जालमा चिनियाँ प्रोपोगाण्डा चलाइएको जनाएका छन् । अंग्रेजी र चिनियाँ भाषामा मात्र नभएर रसियन, स्पेनिश र जर्मन भाषामासमेत भ्रमपूर्ण सूचना फैलाइएको जनाइएको छ । विभिन्न सामाजिक सञ्जालमा विभिन्न भाषाका माध्यमबाट भ्रमपूर्ण सूचना फैलाइएको पाइएको शोधकर्ताहरुले जनाएका छन् ।

विभिन्न सामाजिक सञ्जालका एकाउण्टहरुले यसरी भ्रमपूर्ण सूचना फैैलाएको भेटिएको र ती सामाजिक सञ्जालको सम्पर्क चीनसँग रहेको समाचारमा जनाइएको छ ।

मुख्यगरी कोरोना भाइरसको उत्पत्ति अमेरिकामा भएको भन्दै सूचनाहरु फैलाइएको छ । यसप्रकारका गलत सूचनाहरु विभिन्न सामाजिक सञ्जालका एकाउण्टमा एउटै तस्वीरसमेत प्रयोग गरेर फैलाइएको जनाइएको छ । अमेरिकाको मेरिल्याण्डस्थित सैनिक क्याम्पबाट कोरोना भाइरस फैलिएको गलत सूचना सामाजिक सञ्जालहरुमार्फत फैलाइएको दावी गरिएको छ ।

हङकङको मानवअधिकारका विषयमा पनि भ्रमपूर्ण सूचनाहरु फैलाइएको रोयटर्सले उल्लेख गरेको छ । यसप्रकाको प्रोपोगाण्डा रुसबाट पनि फैलिएको बताइएको छ । रोयर्टसको सहयोगमा

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : ०५ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको