भोजपुरमा ८४ प्रतिशत घर पुनःनिर्माण « Khabarhub

भोजपुरमा ८४ प्रतिशत घर पुनःनिर्माण


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– विनाकसकारी गोरखा भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएका छन् ।

पहिलो किस्ता लिएका छ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनःनिर्माणसम्बन्धी गोष्ठी सञ्चलान गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । पहिचान भएको लाभग्राहीमध्ये हालसम्म छ हजार १९४ पीडितले पहिलो किस्ता र पाँच हजार ४९३ जनाले दोस्रो किस्ता लिएका छन् ।

त्यस्तै जिल्लाभर ५१६ प्रवलीकरणका लाभग्राही छन् । कार्यालय प्रमुख धर्मेन्द्रकुमार झाले भने, “हामी स्थानीयस्तरसम्म पुगेर त्यहाँका समस्याका विषयमा जानकारी लिँदै सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौँ, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनःनिर्माणले निकै राम्रो गति लिएको छ ।”

सरकार परिवर्तन भएसँगै काममा भने केही अन्योलता देखिएको कार्यालयको भनाइ छ । अघिल्लो सरकारले यही कातिक समान्तसम्म पूर्णरूपमा निर्माण सम्पन्न गर्ने परिपत्र गरेको भए पनि अछिल्लो समय कुनै पनि परिपत्र नआएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : ११ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य