भोजपुरमा ८४ प्रतिशत घर पुनःनिर्माण « Khabarhub

भोजपुरमा ८४ प्रतिशत घर पुनःनिर्माण


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– विनाकसकारी गोरखा भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएका छन् ।

पहिलो किस्ता लिएका छ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनःनिर्माणसम्बन्धी गोष्ठी सञ्चलान गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । पहिचान भएको लाभग्राहीमध्ये हालसम्म छ हजार १९४ पीडितले पहिलो किस्ता र पाँच हजार ४९३ जनाले दोस्रो किस्ता लिएका छन् ।

त्यस्तै जिल्लाभर ५१६ प्रवलीकरणका लाभग्राही छन् । कार्यालय प्रमुख धर्मेन्द्रकुमार झाले भने, “हामी स्थानीयस्तरसम्म पुगेर त्यहाँका समस्याका विषयमा जानकारी लिँदै सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौँ, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनःनिर्माणले निकै राम्रो गति लिएको छ ।”

सरकार परिवर्तन भएसँगै काममा भने केही अन्योलता देखिएको कार्यालयको भनाइ छ । अघिल्लो सरकारले यही कातिक समान्तसम्म पूर्णरूपमा निर्माण सम्पन्न गर्ने परिपत्र गरेको भए पनि अछिल्लो समय कुनै पनि परिपत्र नआएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : ११ बजे

मन्त्री चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाको भेट

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि

मालीमा रुसी हवाई आक्रमण, आठ सर्वसाधारण मारिएको दाबी

एजेन्सी– अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले गत

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि