कोरोना महामारीको असर, तीजमा देखिएन उत्साह « Khabarhub

कोरोना महामारीको असर, तीजमा देखिएन उत्साह


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर–१ की धना बोगटी आज बिहानै कैलाशेश्वर शिव मन्दिर पूजाका लागि पुगेकी थिइन् ।

उन विगतका वर्षजस्तै यस वर्ष पनि मन्दिरमा भीडभाड होला भनेर सबेरै मन्दिर पुगे । तर मन्दिरमा धनाले सोचेजस्तो थिएन । ‘घरबाट पूजा गर्न पालो नपाइएलाकि भनेर छिट्टै आइयो । यहाँ कोही दर्शनार्थी नै रहेनछन्’, उनले भने, ‘यस वर्ष अचम्मै भएछ । गत वर्ष भन्दापनि कोरोनाको प्रभाव यसवर्ष परेको जस्तो लाग्यो ।’

श्रीकृष्ण जन्माष्टमीदेखि नै महिलाले दर खाने र रमाइलो सुरु गर्ने भए पनि यस वर्ष कतै तीजका गीत सुनिएनन् । न त बजारमा चहलपहल भयो न गाउँघरमा रातभर तीजका गीत गुञ्जिए । प्रशासनले निषेधाज्ञा खोलेको भए पनि भीडभाडमा रोक लगाएकाले त्यसको पूर्ण कार्यान्वयन भएको पाइयो ।

मन्दिरमा पूजाका लागि पुग्नुभएकी पूजा साउदलाई पनि यस वर्षको तीज खल्लो लाग्यो । बिहानै मन्दिरमा पूजा गरेर साथीसँग रमाइलो गर्दै बजारका चोकचोकमा लाग्ने तीज कार्यक्रममा नाच्दै साँझ घर पुग्ने दिन कहिले आउँलाजस्तो भएको उनले बताए ।

‘तीज पर्व महिलाका लागि विशेष पर्व भए पनि त्यो उत्साह र उमङ्ग यस वर्षको तीजमा देखिएन’, उनले भने, ‘नाचगान गर्दै रमाइलो गर्ने दिन गए । अब घरमै बसेर टिभी हेरी दिन बिताउनुको अर्को विकल्प छैन ।’

कैलाशेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले मन्दिरमा पूजा गर्न आउने भक्तजन विगत वर्षहरूमा जस्तो भीडभाड नरहेको बताए ।

‘कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण भक्तजन मन्दिरसम्म पुग्न सकेका छैनन् । विगतका वर्षमा आजको दिन मन्दिरमा भीडभाड नियन्त्रण गर्नै मुस्किल हुने गर्थ्यो । हजारौँ भक्तजन दर्शनका लागि मन्दिर पुग्थे’, उनले भने, ‘गत वर्षभन्दा पनि यस वर्ष नागरिकमा झन् बढी त्रास देखिएको छ भने कोरोनालाई अहिले गम्भीररूपमा लिन थालेकै कारण भीडभाड हुन छोडेको हो ।’

टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले कोरोना सङ्क्रमणका कारण नै तीज पूजामै सीमित रहेर सम्पन्न गर्नुको विकल्प नरहेको बताए । उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि विगत छ महिना लामो बन्दाबन्दीले आर्थिकरूपमा पनि निकै अप्ठ्यारो अवस्था सिर्जना गरेको बताउँदै सबैमा उत्साहभन्दा बढी दुःखको बोझ भएकाले पनि तीजमा चहलपहल कम भएको बताए ।

‘अधिकांशका घरमा उत्साहभन्दा बढी दुःख छ । आर्थिकरूपमा निकै ठूलो चुनौती अहिले ल्याएको छ’, उपप्रमुख विष्टले भने, ‘सबै कुरा आर्थिकसँगै जोडिने भएका कारण यो वर्षको तीज ‘स्पेसल’ हुन सकेन । मनमा पीडाको भारी बोकेर कसरी उत्साह ल्याउन सकिन्छ र ?’

महिलामा मात्रै उत्साह नभई व्यावसायिकरूपमा पनि यस वर्ष निकै प्रभाव परेको स्थानीयवासी किराना व्यापारी नन्दसिंह विकले बताए । ‘विगत वर्षमा यस्ता चाडपर्वमा दैनिक एक लाखभन्दा बढीको कारोबार हुन्थ्यो । यस वर्ष दैनिक १० हजारको पनि व्यापार भएन’, उनले भने, ‘चाडपर्व आयो भनेर मात्राभन्दा बढी सामान मगाइयो । ब्यापार छैन, कसरी ऋण तिर्नेहोला ?’

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको लामो बन्दाबन्दीका कारण नागरिकसँग पैसा नभएकै कारण व्यापारमा पनि त्यसको असर परेको व्यापारी नन्दसिंहको भनाइ छ ।

टीकापुरमै कपडाको व्यावसाय गर्दै आएका श्याम खनाल पनि यस वर्षको तीजको चहलपहल नदेखेर चिन्तित भए । विशेषगरी उनको व्यापार हुने भनेकै तीजमा हो । यस वर्ष उहाँलाई व्यापार राम्रो हुने अपेक्षा थियो तर त्यो हुन सकेन ।

‘मेरो मात्रै होइन, बजारमा जुनसुकै क्षेत्रमा पनि व्यापार छैन । पसल कुरेर ग्राहक पर्खेर बस्नुपर्ने बाध्यता छ । कहिलेकाहीँ त पसल खोल्नुमात्रै पनि हुन्छ’, उनले भने, ‘बजारमा मान्छेको आवतजावत नै छैन, कसरी ब्यापार हुने हो ?’ अहिले मानिससँग पैसा पनि छैन, पैसा भएपछि पो सामान किन्न बजार आउने हुन्, उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ३ : १५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल