झिनो अंकले घट्यो नेप्से परिसूचक « Khabarhub

झिनो अंकले घट्यो नेप्से परिसूचक


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अंकले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अंकले ओरालो लागेर ५३५.२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार ८५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । व्यापार ०.६, जलविद्युत् ६२.७५, जीवन बीमा ५९.३८ र लगानी ०.१७ विन्दुले बढेको छ ।

बैंकिङ २.१७, होटल तथा पर्यटन ३.३१, विकास बैंक १२.०१, वित्त ३६.४३, निर्जीवन बीमा ६.३५, उत्पादन २१.७२, अन्य २२.५१, लघुवित्त १७.८८ र सामूहिक लगानी कोष ०.१६ विन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ३९ लाख ४९ हजार २२३ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु ४८ करोड ८५ लाख ६३ हजार ९०५, रैराङ हाइड्रोपावर रु ३३ करोड ६५ लाख छ हजार ९५१, युनाइटेड मोदी रु ३१ करोड २४ लाख ७८ हजार ७३५ र हिमालयन पावर पार्टनर रु १९ करोड ५० लाख २८ हजार ६४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारातमक सर्किट लाग्यो । यस्तै रैराङ हाइड्रोपावर ९.२२, ग्रीन लाइफ हाइड्रोपावर ८ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ७.४१ प्रतिशतले कमाए ।

यसैगरी रिडी हाइड्रोपावर ५.२६, सिटिजन म्युचुअल फण्ड ५.१३, आइसिएफसी फाइनान्स ४.०२, सपोर्ट माइक्रोफाइनान्स २.९४ र युनिलिभर नेपालका शेयरधनीले २.८४ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार १७३ बराबर पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : २५ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ