पूर्वाधार विकासलाई टेवा पुग्ने गरी कानून बन्छ : मन्त्री कार्की « Khabarhub

पूर्वाधार विकासलाई टेवा पुग्ने गरी कानून बन्छ : मन्त्री कार्की


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधार विकासलाई टेवा पुग्ने कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको आजको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायी मैत्री कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले लो–बिडमा जाने परिपाटीका कारण निर्माण उद्योगमा समस्या देखिएको धारणा राखे ।

“लो–बिडमा जाने समस्या समाधानका लागि कानुन नै संशोधन गर्नुपर्छ, यसका लागि सरकारले काम गर्छ, आयोजनानुसार निर्माण व्यवसायीले आफ्नो क्षमता बढाउँदै लैजानुपर्छ” उनले भने ।

भेटमा महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री कार्कीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यवसायीको विद्यमान समस्या सम्बन्धमा पनि जानकारी गराएको छ ।

कोभिड–१९ लगायतका विभिन्न कारणले काम हुन नसकेका आयोजनाको म्याद थपको समस्यालाई समाधान हुने गरी भदौ ३ गते मन्त्रिपरिषद्बाट भएको निर्णयको महासङ्घले स्वागत गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : ०१ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो