बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम « Khabarhub

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा २० वटा नयाँ मतदान केन्द्र कायम भएका छन् । यसअघि ३८० मतदान केन्द्र कायम भएकामा नयाँ २० मतदान केन्द्र थप भएपछि मतदान केन्द्र ४०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जिल्लामा कूल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएको जानकारी दिँदै त्यसमध्ये १५ हजार १५० नयाँ मतदाता रहेका बताए। उनका अनुसार जिल्लामा १३९ मतदानस्थल रहेका छन् । तीमध्ये एउटा मतदानस्थल नयाँ रहेको छ । 

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरिएको नाम हटाएपछि नयाँ मतदाताको सङ्ख्या केही घटेको उल्लेख गर्दै अस्थायी मतदाताको नामावली संकलनलाई तीव्र बनाइएको बताए।

 छ हजारको हाराहारीमा बाँकेमा अस्थायी मतदाता रहेको अनुमान गरिएको छ । बाँकेमा तीन निर्वाचन क्षेत्र रहेका छन् ।  

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : ३७ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन