माधवकुमार नेपाल र एमसीसी प्रतिनिधिमण्डलबीच भेट « Khabarhub

माधवकुमार नेपाल र एमसीसी प्रतिनिधिमण्डलबीच भेट


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा एमीसीका उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । एमसीसी कम्प्याक्टमा नेपालका दलहरु विभाजित भइरहेका बेला एमसीसीको प्रतिनिधिमण्डल नेपालको भ्रमणमा छ ।

४ दिने नेपाल भ्रमणका लागि आएको सो प्रतिनिधिमण्डलले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको दल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेको हो । शुक्रबार सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : ५५ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो