माधवकुमार नेपाल र एमसीसी प्रतिनिधिमण्डलबीच भेट « Khabarhub

माधवकुमार नेपाल र एमसीसी प्रतिनिधिमण्डलबीच भेट


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा एमीसीका उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । एमसीसी कम्प्याक्टमा नेपालका दलहरु विभाजित भइरहेका बेला एमसीसीको प्रतिनिधिमण्डल नेपालको भ्रमणमा छ ।

४ दिने नेपाल भ्रमणका लागि आएको सो प्रतिनिधिमण्डलले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको दल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेको हो । शुक्रबार सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : ५५ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ