पत्रकार मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार « Khabarhub

पत्रकार मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको  पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।

नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्ति कोलागि एक  अनिवार्य शर्त हो।’

सन् २०१२ मा  रेस्साले  खोजपत्रकारिताका निम्ति र्‍याप्लर नामक डिजिटल मिडिया खोलेकी थिइन् जसको  प्रमुखको रूपमा हालसम्म उनी कार्यरत  छिन् । उक्त मिडिया दुतेर्ते शासनको विवादास्पद, हत्यारा र लागुऔषध विरोधी अभियानमा आलोचनात्मक रूपले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ।

त्यसैगरी  मुराटोभले यस बीचमा रूसमा दशकौंदेखि बढ्दो चुनौतीपूर्ण परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति लामो सङ्घर्ष गरेका छन् ।

सन् १९९३ मा उनी स्वतन्त्र अखबार नोवाया गजेटाका संस्थापक मध्येका एक थिए र उनको  सत्ता र शक्तिप्रति मौलिक आलोचनात्मक दृष्टिकोण रहेको समितिले जनाएको छ।

उनी १९९५ देखि यसको मुख्य सम्पादक रहेका छन्। समितिका अध्यक्ष रीस-एन्डरसनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविना देशहरू बीच भाइचाराको सम्बन्ध, निशस्त्रीकरण र समुन्नत विश्वको निर्माण गर्न नसकिने जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०१ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी