साविक विजेता मुम्बई आईपीएल क्रिकेटबाट बाहिरियो « Khabarhub

साविक विजेता मुम्बई आईपीएल क्रिकेटबाट बाहिरियो


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको लिग चरणबाट बाहिरिएको छ ।

अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो ।

मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै मुम्बई प्ले अफ पुग्न असफल भयो ।

मुम्बईले दिएको २ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

हैदरावादका कप्तान मनिस पाण्डेले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जासन रोयले ३४ तथा अविशेक शर्माले ३३ तथा प्रियम गार्गले २९ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह,नाथन कल्टर र जेम्स निशमले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो । मुम्बईका इशान किशनले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा सूर्यकुमार यादवले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

हैदरवादका जासन होल्डरले ४ तथा राशिद खान र अविशेक शर्माले २/२ विकेट लिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ३० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष