साविक विजेता मुम्बई आईपीएल क्रिकेटबाट बाहिरियो « Khabarhub

साविक विजेता मुम्बई आईपीएल क्रिकेटबाट बाहिरियो


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको लिग चरणबाट बाहिरिएको छ ।

अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो ।

मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै मुम्बई प्ले अफ पुग्न असफल भयो ।

मुम्बईले दिएको २ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

हैदरावादका कप्तान मनिस पाण्डेले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जासन रोयले ३४ तथा अविशेक शर्माले ३३ तथा प्रियम गार्गले २९ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह,नाथन कल्टर र जेम्स निशमले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो । मुम्बईका इशान किशनले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा सूर्यकुमार यादवले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

हैदरवादका जासन होल्डरले ४ तथा राशिद खान र अविशेक शर्माले २/२ विकेट लिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ३० बजे

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९