मनसुन बाहिरिन शुरू, अझै केही दिन वर्षा हुने « Khabarhub

मनसुन बाहिरिन शुरू, अझै केही दिन वर्षा हुने


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपालबाट मनसुन बाहिरिन शुरू गरेको छ । तथापि पूर्णरुपमा बाहिरिन अझै एक हप्ता लाग्न सक्ने मौसमविद्ले जनाएका छन् ।

शुक्रबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन शुरू गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

‘शुक्रबारदेखि मनसुन बाहिरिन शुरू गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्णरुपमै बाहिरिएको छ । अरु प्रदेश हुँदै पूर्वी भागबाट बाहिरिएर नेपालबाटै मनसुन पूर्ण रुपमा निस्क्रिय हुन अरु हप्ता दश दिन लाग्न सक्छ,’ नगरकोटीले खबरहबसँग भनिन् ।

अरु वर्षहरुमा अक्टोबर २ मा बाहिरिन थाल्ने मनसुन यो वर्ष एक हप्तापछि मात्रै बाहिरिन थालेकाले दशैँ पनि हिलाम्मे हुन सक्ने ठानिएको छ । यद्यपि मनसुन निस्क्रिय हुँदै जान थालेपछि वर्षाको मात्र कम हुदै गएको उनले जानकारी दिइन् ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज अपराह्न २/३ बजेपछि काठमाडौँ उपत्यकासहितका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको न्युन सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । यसअतिरिक्त दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा पनि मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : १५ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको