काठमाडौँको जर्सिङपैवामा जीपलाइन शिलान्यास « Khabarhub

काठमाडौँको जर्सिङपैवामा जीपलाइन शिलान्यास


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन निर्माण हुने भएको छ ।

शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।

यो जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ ।

जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकाले धार्मिक र अन्य पर्यटकलाई जोड्न सघाउ पुर्‍याउने शंखारापुर नगरपालिकाका प्रमुख शुबर्ण क्षेष्ठले बताए ।

मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको छ ।

त्यस्तै धार्मीक र अन्य रमणीय क्षेत्रलाइ जोड्न सडक मार्गको स्तरोन्नती गरिने उनले बताए ।

जिपलाइनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका लेख्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ट रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् ।

जिपलाईन पछिल्लो समय पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम भएपनि उपकरण लगायत दक्ष जनशक्तिको भने अभाव रहेको छ ।

उपकरण देखि दक्ष जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुक बाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ ।

८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : ३९ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका