काखे बच्चा बिरामी हुँदा पाइने संकेत « Khabarhub

काखे बच्चा बिरामी हुँदा पाइने संकेत


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ठूलो मान्छे बिरामी वा अस्वस्थ भए तुरुन्त थाहा पाउन सकिन्छ । किनभने ठुला मानिसले आफ्नो असहज र अस्वस्थताबारे भन्न सक्छ । तर, सानो बच्चा बिरामी भएको थाहा पाउन निकै समस्या हुन्छ । बच्चाको हाउभाउ, खाना खाने तरिका तथा शारीरिक अवस्था हेरेर मात्र उनिहरुको स्वास्थ्य अवस्थाबारे अनुमान गर्नुपर्ने हुन्छ ।

कतिपय अवस्थामा बच्चा बिरामी भएको समयमा थाहा पाउन नसक्दा उनीहरुको अवस्था संवेदनशील बनिसकेको हुन्छ । यस्तोमा कसरी बच्चालाई सञ्चो बिसञ्चो भएको थाहा पाउने त ?

– सामान्य अवस्थामा जस्तो बच्चा खेलेको छैन भने बिरामी परेको हुनसक्छ ।
– पहिलेको जस्तो फुर्ती बच्चामा देखिएन भने पनि उ बिरामी परेको हुनसक्छ ।
– पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रियामा परिर्वतन भए बच्चा बिरामी हुनसक्छ ।
– बच्चा सामान्य अवस्थाभन्दा धेरै रोयो भने पनि अस्वस्थ भएको हुन सक्छ ।
– यस्तै, बच्चा रोएन भने पनि ज्ञानी छ भनी ढुक्क हुनुहुँदैन । उ बिरामी हुनसक्छ ।
– लामो समयसम्म बच्चा नरोए वा प्रतिक्रिया नजनाइ निरन्तर सुतेमा बिरामी हुनसक्छ ।
– नियमित खानेकुरा बच्चाले खान मानेन भने पनि बच्चा बिरामी हुनसक्छ ।
– बच्चाले आमाको दूध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ ।
– बच्चालाई सास फेर्न अप्ठ्यारो भए वा लगातार कोखा हानिरहे बच्चा बिरामी हुनसक्छ ।
– बच्चाको नाकको पोरा फुल्यो भने पनि बच्चा अस्वस्थ हुनसक्छ ।
– बच्चाको शरीर नीलो भएमा पनि उ बिरामी परेको हुन्छ ।
– बच्चा एक्कासि बेहोस भए बिरामी परेको हुन्छ, यस्तोमा अस्पताल लान ढिला गर्नुहुन्न ।
– लगातार वान्ता गरे वा दिशा गरीरहे बच्चा बिरामी परेको हुन्छ ।
– वान्ता भएर पिसाब कम जानु बच्चा गम्भीर बिरामी हुनुका लक्षण हो ।

यदि बच्चामा कुनै अस्वभाविक गतिविधि वा लक्षण देखे वा बिरामी परेको शंका लागे ढिला नगरी स्वास्थ्य परीक्षण गराउन लानु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : २० बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा