राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे « Khabarhub

राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् ।

पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो । उनले भने, ‘पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्याङ्क अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ ।’

केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए ।

मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार सङख्या पुगेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १२ : २८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील