प्रधानमन्त्री देउवाले भने- क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ « Khabarhub

प्रधानमन्त्री देउवाले भने- क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् ।

बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री बनाउन नसक्दा दुःखी भएको बताए । उनले आगामी दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए । प्रधानमन्त्री देउवाले शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।

भागवण्डामा कुरा नमिलेपछि कांग्रेससहित सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ । मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका कांग्रेस नेता एवं प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएको विषयमा हो हल्ला गर्न आवाश्यक नभएको बताएका छन् ।

आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हमालका विषयमा चलेको चर्चाको कुनै तुक नभएको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : ४८ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको