प्रधानमन्त्री देउवाले भने- क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ « Khabarhub

प्रधानमन्त्री देउवाले भने- क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् ।

बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री बनाउन नसक्दा दुःखी भएको बताए । उनले आगामी दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए । प्रधानमन्त्री देउवाले शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।

भागवण्डामा कुरा नमिलेपछि कांग्रेससहित सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ । मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका कांग्रेस नेता एवं प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएको विषयमा हो हल्ला गर्न आवाश्यक नभएको बताएका छन् ।

आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हमालका विषयमा चलेको चर्चाको कुनै तुक नभएको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : ४८ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण