कमल थापालाई ‘नइ कीर्तिनिधी पुरस्कार’ « Khabarhub

कमल थापालाई ‘नइ कीर्तिनिधी पुरस्कार’


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टका नाममा स्थापित एक लाख रुपैयाँ राशिको ‘नइ कीर्तिनिधी पुरस्कार’बाट शनिबार पुरस्कृत भएका छन् । नई प्रकाशनले आयोजना गरेको कार्यक्रममा उनले संस्कृतिविद तथा शताब्दीपुरुष सत्यमोहन जोशीको हातबाट पुरस्कार प्राप्त गरेका हुन् ।

कार्यक्रममा थापाले एक सय २ वर्षीय डा. जोशीबाट पुरस्कार ग्रहण गर्न पाउदा आफूलाई भाग्यशाली महशुस गरेको बताए । उनले जीवनमा धेरै कठिन परीक्षाको घडी, घात÷प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडि कति भीड छ भनेर कहिल्यै नहेरी निरन्तर सत्य र निष्ठाको बाटोमा अविचलित भएर हिडिरहेको बताए ।

राष्ट्रियताको पक्षमा लाग्नु आफ्नो जिम्मेवारी र कर्तव्य भएको भन्दै थापाले पुरस्कारले थप इमानदारिता र निष्ठापूर्वक देश र जनताको हितमा काम गर्न प्रेरणा दिएको बताए । आम मान्छेले चिनेको बुझेको कमल थापा भन्दा आफू फरक भएको भन्दै उनले समय क्रममा त्यो स्पष्ट हुने समेत बताए ।

लोभ, मोह र स्वार्थबाट माथि उठेर काम गर्नु कठिन विषय भएको तर आफू त्यो अभ्यासमा रहेको र सम्मानको बोझले थप थिचिएको उनको भनाई थियो । पुरस्कारवापत प्राप्त १ लाख नगद आफु आबद्ध रहेको सामाजिक सस्थालाई प्रदान गरी गरिब जेहन्दार विद्यार्थीलाई पढ्न उपलब्ध गराउने घोषणा गरे । उनले पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट नेपाली राजनीतिको शिखर व्यक्तित्व भएको चर्चा गर्दै थापाले निर्भिकतापूर्वक राष्ट्रवादी विचार, सोच, अडान र स्वाभिमान राख्ने स्वर्गीय विष्टको भावनाको महत्व धेरै भएको र आगामी दिनमा थप चर्चा हुन जरुरी भएको समेत बताए ।

नई प्रकाशनले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अक्षुणता संरक्षण र सम्बद्र्धनका लागि अटल प्रतिबद्ध भएकोले कमल थापालाई पुरस्कार प्रदान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले