लमजुङमा तितेपातीबाट व्यावसायिक तेल उत्पादन | Khabarhub Khabarhub

लमजुङमा तितेपातीबाट व्यावसायिक तेल उत्पादन


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको क्व्होँलासोंथर गाउँपालिका– ८ घाम्राङबेसीमा तितेपातीको व्यावसायिक तेल उत्पादन थालिएको छ ।

हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । साविकको भोजे गाविसको मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीको तेल उत्पादन थालिएको हो । यसको परीक्षण उत्पादन दुई वर्ष अघि नै सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए ।

उनका अनुसार ६ सय केजी तितेपातीबाट एक लिटर तेल निस्कन्छ ।  तितेपाती प्रतिकेजी चार रुपैयाँमा आफूहरूले गाउँलेहरूसँग खरिद गर्ने गरेको गुरुङले बताए । उनका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैयाँ खर्च लागेको छ ।

१४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालक चार जनाले संकलन गरी सञ्चालन गरिएको हो ।

तितेपातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । ठूलो परिणामको तेल उत्पादन नभएकाले हिमालयन हर्बो सेन्टरले विक्री गर्ने अध्यक्ष गुरुङले बताए ।

उनले भने, ‘यस तेलको बजार मूल्य प्रति लिटर गत वर्ष त नौ देखि १० हजार रुपैयाँ थियो अहिले लकडाउनका कारण ६ हजारमा झरेको छ ।’ एक वाहन तेल निस्कन चार घण्टाको समय लाग्छ । त्यसपछिका तीन घण्टामा पातीको प्रशोधन भई तेल निस्कन्छ । एक बाहनका लागि ५ भारी (डोको) दाउरा लाग्ने र त्यो प्रति भारी एक हजार आठ सयमा खरिद गर्ने गरेको अध्यक्ष गुरुङले बताए ।

उक्त कम्पनीले एक मिस्त्री र एक सहायकलाई पुरा समयका नोकरी र एक जनालाई आंशिक काम दिएको छ भने दिनमा सात जनादेखि १५ जनासम्मले तितेपाती कम्पनीमा ल्याउने गरेको कम्पनीका सेयर सदस्य खड्गबहादुर परियारले बताए । उनले भने, ‘हामीले कम्पनीको चालु पूँजी आठ लाख रुपैयाँ राखेका छौं ।’

तीतेपातीसँगै अब रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने परियारले बताए । उनले भने, ‘त्यसका लागि हर्बो कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई  वितरण गरेको छ

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : १५ बजे

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज